इलाम/ बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अस्पताल इलामको आँखा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
नवलपरासी गैडाकोट घर भई आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक दिपक सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलाम नगरपालिकाकी १७ वर्षिया बालिकालाई यौन दुराचार गरेको अभियोगमा उनी पक्राउ परेको डिएसपी माधव श्रेष्ठले जानकारी दिए ।
उनलाई जिल्ला अदालतमा म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पीडितको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।