धरान / धरानमा संचालनमा रहेका अधिकांश मास पसल मापदण्ड विपरित संचालन हुदै आएको पाईएको छ । धरान उपमहानगरपालिकाले विहीबार गरेको बजार अनुगमनबाट यस्तो पाईएको हो । विहीबार उपमहानगरको टोलीले १२ वटा मासु् पसल अनुगमन गरेको थियो । उक्त पसलले मासु पसल संचालनका लागि कसैले पनि इजाजत लिइएको नपाईएको अनुगमन अधिकत तथा धरान उपमहानगरका वातावरण अधिकृत भेषराज घिमिरेले बताए ।

पशु बधशाला तथा मासु जाँच ऐन २०५५ तथा नियमावली २०५७ अनुसारको मापदण्ड कुनै पसलले पुरा नगरेको पाइएको उपमहानगरले जनाएको छ । उपमहानगरले २१ वटा बुदामा चेकलिष्ट बनाएर विहीबार बजार अनुगमन गरेको थियो । अनुगमनमा साईनबोर्ड, मुल्य सूचि, इजाजत पत्र नभएको पाइएको थियो । पशु पक्षिको बध तथा पसल एकै स्थानमा गर्ने गरेको पाइएको थियो । धरान–३ स्थित माछाभोडीका ७/८ वटा पसलहरुको दयनिय अवस्था रहेको अनुगमन टोलीका सदस्य तथा धरान उपमहानगरका सूचना अधिकारी भक्तिराज शर्माले जानकारी दिए । फोहोर स्थानमा मासु राख्ने, मासु राख्न सिसाको बक्स बनाएर राख्नु पर्ने भए पनि नराखिएको पाईएको छ । निम्नतम मापदण्डसमेत पुरा नगरिएको पाइएकाले सुधार गर्न निर्देशन दिएको अनुगमन अधिकृत घिमिरेले बताए । टोलीमा इलाका प्रशासन कार्यालयका नासु गजेन्दू रम्तेल, उपभोक्त हित संरक्षण मञ्च क्षेत्रीय कार्यालयका उपाध्यक्ष कृष्ण ताम्राकार, धरान मासु ्व्यवसायी संघ धरानका अध्यक्ष मदनकुमार राई, सुनसरी उद्योग बाणिज्य संघका उपाध्यक्ष गिरीधारी सापकोटा, उपमहानगर तथा इलाका प्रहरी कार्यालय धरानका प्रतिनीधिहरुको सहभागीता रहेको छ । बजार अनुगमनलाई निरन्तरता दिने बजार अनुगमन समितिको संयोजक तथा कार्यवहाक मेयर मञ्जु भणडरीले जानकारी दिइन ।