- धरानमा यात्रु सहायता कक्ष संचालन
धरान / चाढपर्वलाई लक्षित गरी यात्रुको सुविधाका लागि धरानमा ट्राफिक प्रहरी र मजदुर संगठनले नागरिक सहायता कक्ष सञ्चालन गरेका छन् । चाढ पर्वका समयमा यात्रुवाहक सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने र यात्रुहरुलाई जबरजस्ती यातायातमजदुरहरुले तानेर चढाउने प्रवृत्ति बढदै गएपछि यातायात मजदुर संगठन र ट्राफिक प्रहरी मिलेर यात्रुको सहजताका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएका हुन् । अन्य बेला भन्दा चाढवाढका समयमा बढी भीडभाड हुने र यात्रुहरुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुग्ने वातावरण सिर्जना गर्न संयुक्त रुपमा नागरिक सहायता कक्षा खोलिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले बताए । उनाले खासगरी दशै तथा तिहार तथा छैठका समयमा मजदुरहरुले यात्रु तानतान गर्दा तथा क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढ्ने भएकोले पनि यसलाई मध्यनजर गरी दशै र तिहार भरि प्रत्येक दिन मजदुर संगठनबाट २० जना स्वयम् सेवक खटाइने बताए । यस्तै संघीय इकाई प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक शरदकुमार खत्रीले चाढवाढको बेला नागरिकले धेरै दुख पाउने भएकाले केही सहयोग गर्न सकिन्छ भनेर यस्तो सहायता कक्ष शुरु गरिएको हो । उक्त स्थानमा सबै माताहतका प्रहरी कार्यलयका फोन नं. राखिएको छ । दुर्घटना ज्यूनिकरणका चेतनामुलक व्यानरहरु राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र मजदुर संगठनको संयुक्त आयोजनामा सञ्चालन भएको नागरिक सहायता केन्द्रले यात्रुहरुले अनाहकमा दुःख नपाउने मात्र हैन दुर्घटना न्यूनिकरणमा समेत सहयोग पुग्ने भएकोले यसमा स्थानीय सरकार पनि लागि पर्ने धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरले बताए । सोहीे अवसरमा ‘म जिम्मेवार यातायात मजदुर’ स्टिगर समेत सार्वजनिक गरि सवारीहरुमा टासिएको छ । स्टिगरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउदिन, सावरी चलाउनदा मोवाइल फोन प्रयोग गर्दिन, महिला, बालिका, अशक्त र बृद्धबृद्धालाई सम्मान गछुृ, तीब्र गतिमा सवारी चलाउदिन, तोकिएको भन्दा बढी भाडा लिन्न, सबैसंग सभ्य भाषा प्रयोग गर्छु र ट्राफिक नियमको पालना गर्छु भन्ने ८ बुद्धा समेटिएको ‘म ज्मिेवार यातायात मजदुर’ स्टिकर समेत चालकरुलाई बाढिएको थियो । सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख होमराज दाहाल र नेपाल यातायात्र मजदुर संगठन धरानका अध्यक्ष कमल भट्टराईले यसलाई जिम्मेवारीपूर्ण वहन गर्ने प्रतिबद्धता जनाएका थिए । यसले दुर्घटना न्यूनिकरणका साथै यात्रुहरुलाई सहज र सुरक्षित ढगले यात्रा गर्न सहज हुने जनाइएको छ । तस्विर उपेन्द्र चाम्लिङ राई