विराटनगर । सेतै फुलेको कपाल । कुप्रो शरिर । उमेरले १०३ वर्ष उमेर पुगे पनि अहिले हिडिरेकी छिन्, मोरङको बुढीगंगा गाउँपािलका – ५ की बुधनीदेवी सरदार । उनले जितिया पर्व भने मनाउन छाडेका छैनन् । उनी जितिया पर्व मनाउन बिधिबत उपवास बसेकी छिन् । सरदारलाई अहिलेसम्म कुनै रोग लागेको छैन । उनी यो उमेरमा पनि घरमा सानातिना काम गर्दै आएको उनले बताइन् । छोराको जन्म भएदेखि उनी जितिया पर्व मनाउँदै आएको बताइन् । नेपाल बा“तर सरदार कल्याणकारी समिति मोरङ र संयूक्त महिला समूह बुढीगंगाको संयूक्त आयोजनामा बुढीगंगामा आयोजित जितिया पर्वको अबसरमा सांस्कृतिक कार्यक्रममा उनले छोराहरुको दिर्घायुको कामना गर्दै ब्रत बसेको बताइन् । ‘छोरा जन्मेदेखि जितिया पर्व मनाउँदै आएको छु,’ उनले भनिन्, ‘अहिलेसम्म कुनै बर्ष पनि पर्व मनाउन छोडेको छुइन् । जितिया पर्व छोराछोरीको दिर्घायु, सुस्वास्थ्य, सन्तान समृद्धिका लागि बस्दै आएको छु ।’ उनले भगवानको कृपाले नातिनातिनी, पनातिपनातिनीको मुख हेर्न पाएको बताउँछिन् । १९७२ सालमा जन्मेकी उनको १५ बर्षको उमेरमा नसिम सरदारस“ग विवाह भयो । उनको १ छोरा र १ छोरी, ४ नाति, १ नातिनी, ३ पनातिनी र १ पनाति छन् । जितियासँगै अन्य ब्रत पनि बस्ने गरेको उनले बताइन् । ब्रत बसेपछि शरीरमा अलौकी शक्ति प्राप्त हुन्छ र स्वस्थ्य रहने गरेको उनी भन्छिन् । सरदारले अहिलेका युवायुवतीले परम्परागत संस्कार छोड्दै गएकोले ब्रत र उपवास नबस्ने गरेको बताइन् । ब्रत उपवासले शरीर भित्र शक्ति प्राप्त हुनेगरेकोले दिर्घ जीवन बा“च्न मद्दत गर्ने गरेको उनको बुझाइछ । उनले जितिया पर्वलाई अहिलेको बदलिदो जमानाले छोपिसकेको बताइन् । ‘पहिले जितिया पर्वको उपवास बस्दा जितुवाहन भगवानको कथा सुन्नुका साथै राती लोक नाचहरु हेर्ने गरेका थियौं,’ उनले भनिन्, ‘अब कसैले नाच गर्दैनन्, लोक नाचहरु हराइसक्यो । अब गाउ“कै युवायुवतिहरु आफै नाच्न थालेका छन् । त्यही हेरेर बसेका छौं ।’ सांस्कृतिक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वृद्धा सरदारलाई दोसलला ओढाएर सम्मान गरे । मन्त्री पण्डितले जितिया पर्वको अबसरमा शुभकामनासमेत दिए । कार्यक्रममा प्रदेश सभा सदस्य चुमनारायण तबदारले पनि शुभकामना दिए ।