पथरी । सवारी र्दुघटना न्यूनिकरण गर्ने उद्देश्यले इलाका ट्राफिक प्रहरी कार्यालय पथरी र कोशी ट्याक्टर व्यवसायी संघ पथरीको संयुक्त आयोजनामा ट्याक्टरहरुमा रिफ्लेक्टर स्टिकर टाँसिएको छ । विहिबार पथरीशनिश्चरे–१, मा रहेको इलाका ट्राफिक कार्यालय अगाडि ट्याक्टर चालक, ट्राफिक प्रहरी र ट्याक्टर सञ्चालकहरुले संयुक्त रुपमा स्किटर टाँसेका हुन । ट्याक्टरहरुमा रिफ्लेक्टर स्टिकर टाँसिने प्रदेश नं. १ भरी यो कार्यलाई निरन्तरता दिने इलाका ट्राफिक प्रहरी कार्यालय पथरी प्रमुख निरबहादुर विकले बताए । दुर्घटना न्यूनिकरण गर्न पथरीशनिश्चरेमा प्रथम पटक ट्याक्टरहरुमा रिफ्लेक्टर स्किटर टाँसिएको हो । यो सुरुवाती अवस्था भएको बताउँदै ट्याक्टर चालकहरुले अनिवार्य रुपमा जुत्ता लगाउनु पर्ने, स्टिकर टाँस गरिएको हुनुपर्ने र ट्राफिक नियम भित्र रही गाडी चलाउन समेत अनुरोध गरेको छ । चालकहरुले नियम उल्लंघन गरे ५ सयदेखि १५ सय सम्म जरिवाना गरिने असई विकले बताए ।