पानवारी  । गत भदौ ३० गते यलम्बर पार्कमा धरानका २ जना माथी कट्टी प्रहार गरी फरार दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । यलम्बर पार्कमा घुम्न पुगेका झापा शिव सताक्षी–९ घर भई हाल धरान–८ बस्ने विश्वास लिम्बू र धरान–१५ का सुरेश पन्धाक लिम्बूमाथी आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । समुहमा गुण्डागर्दी गर्दै हिड्ने धरान–८ का भेडा सुरज भनिने सुरज गुरुङ र इङ्लिस भनिने सिलास राई शुक्रबार पक्राउ परेका हुन् । यस अघि धरान–८ बस्ने मिलन विक, सुमन शंकर, दोर्जे तामाङ, रोशन पौडेल, म्याक्स राई, धरान–१५ बस्ने आशिष मगर र धरान–१६ बस्ने सिर्जन मगरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो । धरानको एक ट्रेनिङ सेन्टरमा लाहुरे भिड्नको लागी टे«निङ गरिरहेका झापाका विश्वास लिम्बू उक्त समुहको आक्रमणमा परी गम्भिर घाइते भएका थिए । कट्टी प्रहारबाट उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनको उपचार धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हुन नसकेपछि विराटनगरको न्यूरो हस्पिटलमा पु¥याइएको थियो । उनको हातमा स्टिल लगाइएको छ भने हातका औलाहरु नचल्ने भएका छन् । त्यस्तै ट्रेनर सुरेश पन्धाक लिम्बूको हातमा गहिरो चोट लागेको छ । उनको हत्केलामा लागेको चोटका कारण हातका औलाहरु चल्दैनन् । पटक पटक विभिन्न व्यक्तिहरुमाथी आक्रमण गरेको तथा समुहमा झगडा गरेको आरोपमा पक्राउ पर्दै आएका भेडा सुरज र इङ्लिस प्रहरीको फरार सुचिमा थिए । घटनाबारे अनुसन्धान भइरहेको भन्दै इलाका प्रहरी कार्याल धरानका डिएसी सुमनकुमार तिम्सिनाले उनीहरुमाथी संगठित अपराधको मुद्दा चल्न सक्ने बताए ।