khadama-natakपरिवर्तन थिएटरले असोज २० देखि २८ गतेसम्म “खदामा” नामक नाटक प्रदर्शन गर्ने भएको छ । “खदामा” अरवमा काम गर्ने नेपाली घरेलु महिलाको दुखको कथा हो । नाटकमा हजारौ नेपाली महिला कामदारहरुको कथा समेटिएको छ । वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक पुगेका महिला कामदारहरु दलाल र मालिकहरुवाट कसरी शोषणमा पर्छन् भन्ने विषयलाई नाटकमा देखाउन खोजिएको छ । पत्रकार पर्वत पोर्तेलले नाटक लेखेका हुन् । निर्देशन भने युवा रंगकर्मी गणेश वस्नेतले गरेका छन् । नाटकमा निर्देशक वस्नेतसहित अनुजा अधिकारी, कविता नेपाल, लीला विष्ट, दिनेश राजवंशी, पूजा आचार्य, लोमश पौडेल, विमला चिमरिया, दिवेश लामिछाने, अभिशेष गड्तौला र प्रतिक्षा आचार्यले अभिनय गरेका छन् । संस्थाका अध्यक्ष कविता नेपालका अनुसार करिव एक घन्टा लामो यो नाटक प्रत्येक दिन २ वटा शो देखाइने छ । जसमा दिउसो साढे २ र साझ साढे ५ वजे रहेको छ । अध्यक्ष नेपालले सीमावर्ती सहरमा नाटक हेर्ने संस्कार र संस्कृतिको अभाव लामो समयदेखि खड्किएको थियो । त्यही खा“चोलाई पूर्ति गर्ने उद्देश्यले परिवर्तन थिएटर जन्मिएको हो । ‘नाटक हेर्ने संस्कारको विकास गर्ने हाम्रो उद्देश्य हो’ अध्यक्ष नेपालले बताइन् । परिवर्तनले विगत ७ महिनादेखि अस्थाथी नाटक घर निर्माण गरेर नाटक हेर्ने संस्कार शुरु गरिसकेको छ । यो अवधिमा सुनामी, राजाको नया लुगा, उन्यू, वस स्टप जस्ता नाटकहरु प्रदर्शन गरिसकेको छ ।