धरान / अव केही बर्षमा नेपालको प्रसिद्ध धार्मिक तिर्थ स्थल सुनसरीको बराहक्षेत्रबाट पश्चिम जान परे केवलकार चढेर सरर यात्रा गर्न पाईने भएको छ । बराक्षेत्र मन्दिर परिसरबाट मैनामैनी, चौदण्डीगडी हुदै मदन भण्डारी राजमार्ग वा पूर्वपश्चिम राजमार्ग हुदै यात्रा सहज बनाउन सकिने भएको छ । बराहक्षेृत्रमा आउने धार्मिक पर्यटकहरुलाई बेलका नगरपालिकाका पर्यटकीय क्षेत्रहरु घुमाउन र यात्र्लाई आवतजावतमा सहज बनाउन बराहक्षेत्र–मैनामैनी केवरकार संचालनका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको छ । बराहक्षेत्र मन्दिरदेखि उदयपुरको बेलका नगरपालिका मैनामैनीसम्म करिव ३ किमी क्षेत्रमा केवलकार संचालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । नगरपालिकाले आर्थिक सम्बृद्धिका लागि ५ वटा खम्वाहरु निर्धारण गरेको थियो । कृषी, पशुपालन, उद्या्ेग र भौतिक पूर्वाधारसँगै पर्यटन, विकासलाई अघिल्लो बर्षको कार्यपालिकाको बैठकले पारित गरेको थियो । सोही योजना अनुरुप पर्यटनलाई प्राथमिकतामा राखेर केवलकार संचालन गर्ने तयारी गरेको हो । यस अर्थिक बर्षमा सम्भाव्यता अध्ययनका लागि १५ लाख बजेट नगरपालिकाले छुट्याएको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले बताए । गत असोज १४ गते गोसाई कुण्ड दर्शन केलवकार प्रालि काठमाण्डौका प्राविधिक टोलीले स्थलगत अध्ययन गरेका छन् । उक्त प्राविधिक टोलीले काठमाण्डौको चन्द्रगिरी हिलको केवलकार पनि उनीहरुले नै गरेको बताइएको छद्ध । बराहक्षेत्र एउटा स्टेशन र मैनामैनी एउटा स्टेशन हुने गरि संचालन गर्न सकिने प्राविधिक टोलीले बताएको बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टराईले जानकारी दिए । ‘अत्यन्त छोटो दुरीमा भएकाले केवलकार संचालन उपयुक्त हुने प्राविधिक टोलीले बताएका छन् ।’–उनीहरुले एक सातामा डिपिआर रिपोर्ट दिने भनेका छन् । त्यस पछि बराहक्षेत्र नगरपालिकासँग समन्वय गरेर काम अगाडी बढउने योजना छ । मध्यपहाडी लोकमार्ग, मदनभण्डारी राजमार्ग पनि यही बराहक्षेत्र र बेलका नगरपालिका भएर संचालन हुने भएकाले यस क्षेत्रमा केवलकार संचालन हुदा यात्रुको चाप अत्याधिक हुने छ । मेयर थापाका अनुसार बराह क्षेत्र दर्शन गर्न पश्चिम नेपाल तथा भारतको कुनौली, सुनौली कोर्डरबाट आउने पर्यटकहरु घुमेर धरान हुदै आउने गरेका छन् । यहाँ केलवकार संचालनमा आए पछि सप्तरीको कञ्चनपुर–फत्तेपुर हुदै चौदण्डीगढीसम्म गाडीको यात्रा गरेर केवलकारबाट बराहक्षेत्र पुग्ने गरि परियोजना संचालन गर्न लागिएको हो । चौदण्डीगडीबाट टङकेला गुफा ४ किमी पूर्वमा रहेको छ । यो गुफा सपतकोशीसम्म पुगेको स्थानीय मुडापाकाले बताएका छन् । गुफा नजिकै कोलुङ झर्ना छ । त्यहाँबाट १ किमी दुरीमा रानी झर्ना रहेको छ । २ किमी दुरीमा मैना राजामैना रानीको एतिहासिक स्थल रहेको छ । यही एतिहासिक स्थलबाट साढे ३ किमी पूर्व बराहक्षेत्रसम्म केवरकार संचालनमा आउने छ । इतिहासमा सेनबंशले राज्य गरेको ऐतिहासिक चौदण्ढीदेखि मैनामैनीसम्मको पर्यटन विकासका लागि प्रदेश सरकारले समेत १० लाख बजेट विनियोजन गरेकाले २ बर्ष भित्र यहाँको परियोजना सम्पन्न भईसक्ने मेयर थापाले जानकारी दिए । डिपिआरका लागि प्राविधिक टोलीले २ लाख ५० हजार रकम प्रस्ताव गरेका छन् । बेलका नगरपालिकाले पर्यटन प्रवद्धन तथा सम्भाव्यता अध्ययनका लागि मात्र ४० लाख बजेट विनियोजन गरेको छ । चौडण्डीगढी मैनामैनी हुदै कोशी पुलसम्म नगरपालिकाले सडक सञ्जाल पु¥याईसकेको छ । केवलकार संचालनका लागि बराहक्षेत्र नगरपालिकाले समेत चासो देखाएको छ । दुवै नगरपालिकाको सयुक्त लगानीमा संचालन गरिने थापाले बताए ।