इटहरी/मदिरा पिएका एक पुरुषले बुधबार राति सुनसरी रामधुनी वडा नं. ५ मा एक जना युवतीमाथि ढुंगा प्रहार गरेका छन् ।

उदयपुर वेलाहा वडा नं. ९ घर भई इटहरीमा बस्दै आएकी २५ वर्षिया कमला भन्ने ज्ञानु खड्कालाई इनरुवा वडा नं. ६ का महमद मुस्ताकले ढुंगा प्रहार गरेका हुन् ।

ढुंगा प्रहारबाट युवती घाइते भएकी छन् ।

राति ८.४५ बजेतिर साथीको घर रामधुनी वडा नं. ५ मै पुगेर फर्कन खोज्दा खड्कामाथि ६१ वर्षिय महमदले ढुंगा प्रहार गरेका हुन् ।

साथीकै घरमा फर्कदा झुम्का बजारदेखि नहरको बाटो हुँदै सिंगिया जादै गर्दा एक्कासी ढुंगाले प्रहार गरेको उनले बताइन् ।

ढुंगा प्रहार गरेर भागेपछि हल्ला गरेपछि ती पुरुषलाई गाउँलेको सहयोगमा पक्राउ गरि प्रहरीको जिम्मा लगाइएको छ ।