वि.सं. २०७५ साल असोज १९ गते। शुक्रबार। इश्वी सन् २०१८ अक्टोबर ५ तारिख।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ काममा हात हाल्ने अवसर प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
धेरै बोल्दा समस्या आउन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सोखले खर्च बढाए पनि अर्थअभाव हुँदा सहयोगीहरू फेला पर्नेछन्। चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
विशेष काममा जग बसाउने अवसर जुट्नेछ। तर व्यवहारमा नैतिक संकट भने देखापर्न सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य कमजोर रहनाले चिताएको काममा विलम्ब हुनेछ। जिम्मेवारी भने बढिरहनेछन्।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। छोटो समयमा फाइदा उठाउन सकिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेका समस्या दोहोरिन सक्छन्। काम बिग्रने भयले सताउन सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला।