उदयपुर/उदयपुरमा दुई बलात्कारीलार्य तीन वर्ष जेल सजाय तोकिएको छ ।
जिल्ला अदालत उदयपुरले १४ वर्षिया बालिका बलात्कारको प्रयास गरेको अभियोगमा ताप्लि गाउँपालिका–२ का अमरनारायण श्रेष्ठलाई तीन वर्ष कैद सजायको फैसला गरेको हो ।
२५ वर्षीय युवती बलात्कारका प्रयास गरेको कसुरमा चौदण्डीगढी नगरपालिका–२ का रामजी विकलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको अदालतका नायव सुब्बा कमला निरौलाले बताए ।
श्रेष्ठले असार ४ गते बलात्कारको प्रयास गरेका थिए ।
विकले युवतीलाई जेठ २८ गते बलात्कारको प्रयास गरेपछि पीडितको उजुरीको आधारमा पक्राउ गरेको थियो ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल ईजलासले फैसला गरेको हो ।