धरान/ खेल्ने क्रममा करेन्ट लागेर अपाङ्गता भएका धनक’टा चौविसका ७ वर्षीय बालकलाई हङकङमा रहेका नेपालीले सहयोग गरेका छन् ।
हाल उपचारकै क्रममा रहेका बालक सन्देश तामाङलाई २ लाख १३ हजार २ सय २० रुपैयाँ आर्थिह सहयोग गरेको हो ।
हङकङमा रहेका लमजुङकी सर्मिला ग’रूङ, टीकामाया गुरूङ, खोटाङका सम्भु राई र सारदा राईको नेतृत्वमा सङ्कलन गरिएको रकम धरानकी समाजसेवी तथा व्युटिसियन कमला लिम्बुले तामाङको परिवारलाई हस्तान्तरण गरेको हो ।
उनीहरूले सामाजिक सञ्जालमार्फत् जानकारी पाएपछि रकम सङ्कलन गरी पठाएको व्युटिसियन लिम्बुले बताइन् ।
तामाङको टाउँकोमा गहिरो चोट लागेको छ ।
हालसम्म उपचारमा करिव १० लाखभन्दा माथि खर्च गरिसकेको पीडित परिवारले जनाएको छ ।
खर्चको अभावमा उपचार गराउन नसकेपछि बालकलाई गाउँमै हजुरबुबाको साहारामा राखिएको थियो ।
आर्थिक अभावका कारण उपचार गराउन नसकेको विषयमा सामाजिक सञ्जालबाट जानकारी पाएपछि रकम सङ्कलन गरी हङकङबासीले पठाएका थिए ।
पीडित बालकको उपचार गराउने तयारी गरेको छ ।
त्यसका लागि बीपी प्रतिष्ठान ल्याए पनि हाल उनको रिपोर्ट गाउँमै छाडिएकाले प’नः ल्याएर उपचार गर्ने तयारी भइरहेको व्युटिसियन सुब्बाले जानकारी दिइन् ।