लास भेगास/ विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पुर्व अमेरिकी मोडेलले लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् ।
अमेरिकी मोडेलले सन् २००९ मा आफुलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ ।
पोर्चुगाली यी फुटबल खेलाडीले आफुमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छा् ।
‘मेराविरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन,’ ३३ वर्षीय रोनाल्डोले भनेका छन् ।
बलात्कार घृणित अपराध हो ।’ उनी इटालीको युभेन्टस क्लबबाट खेल्छन् ।
प्रहरीले पीडितको नाम सार्वजनिक गरेको छैन ।