नयाँदिल्ली/ रूसी राष्ट्रपति भ्लादिमिर पूटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँ दिल्ली आइपुगेका छन् ।

रूससँग अर्बौं डलरको लडाक” विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालिरहेका छन् ।

दुई दिने भ्रमणमा आउन’अघि रूसले जारी गरेको विज्ञप्तिमा रूसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अध्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुनेछ ।

रूसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकहरू विरुद्ध अमेरिकाले प्रतिबन्धहरू लगाउने घोषणा गरे पनि यो हस्ताक्षर हुन लागेको हो ।

राष्ट्रपति पुटिन १९ औं भारत–रूस द्विपक्षीय वार्षिक सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि रहेको छ ।

उनले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

वासिङ्टन र नयाँ दिल्लीले सन् २०१९ मा संय’क्त सैन्य अभ्यास गर्ने गत महिनामात्र घोषणा गरेका थिए ।