काठमाडौं । जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोग लागेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनीसहितको समूहमाथि प्रहरीले अनुसन्धान शुरु गरिरहेका वेला ज्ञवाली फरार भएका थिए । जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआर्इबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो । ०७३ असोज ४ गते पुनरावेदन अदालत पाटनले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । अदालतको फैसला कार्यन्वयका लागि प्रहरीले उनलाई खोजी गरिरहेको थियो । पक्राउ परेका ज्ञावालीबारे प्रहरीले सार्वजनिक गरेकाे छैन् । अाजै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने श्राेतले बताएकाे छ ।