पाँचथर/ लेखक सागर केरुङको सातौं कृति ‘सक्सा नु पेन्युक’ (वर्ण र छन्द) बिहीबार बिमोचन भएको छ ।
ललितपुरको शोभाहिटिस्थित चुम्लुङहीममा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति बैरागी काइँलाले कृतिको बिमोचन गरे ।
उक्त कृतिमाथि डा.डम्बर चेम्जोङ र प्राज्ञ अमर तुम्याहाङले टिप्पणी गरे ।
कृतिमा किरात सिरिजङ्गा लिपीका वर्णहरू र लिम्बू समुदायमा प्रचलित १४ वटा छन्दको बिषयमा जानकारी समेटिएको छ ।
लिम्बू साँस्कृतिक परिषद, लिम्बू चलचित्रकर्मी संघ, याक्थुङ हाक्पारे पालाम सयङ र फक्ताङलुङ सयङले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।