[caption id="attachment_96385" align="alignnone" width="1125"] फायलफाेटाे[/caption]

इटहरी/ इटहरी–१४ गैसारमा नेपाली सेनाले गरेको जग्गा प्लटिङ पूर्वाधारविहीन हुँदा आर्मीका सिपाहीहरू समस्यामा परेका छन् ।

सेनाको कल्याणकारी योजना अन्तरर्गत सिपाही दर्जाको कर्मचारीहरुलाई किस्ता बन्दीमा दिएको जग्गा पूर्वाधार विहिन भएको भन्दै सेनाका सिपाहीहरुले दुखेसो गरेका छन् ।

नेपाली सेनाको एक हजार १ सय ८ वटा घडेरी बिक्री गरे पनि आफ्नै जग्गासमेत भेट्न मुस्किल भएको उनीहरूको गुनासो छ ।

२०६६ सालमा ८० हजारमा साढे ९ धुर जग्गा किने पनि हाल जग्गा कहाँ छ भन्ने अत्तोपत्तो नभएको धरान–१५ का विष्णु कोइरालाले बताए ।

२०७१ सालमा सुवेदारबाट अवकास लिएका उनले जग्गा खोजी गरेको दुईवर्ष बित्दा पनि सीमा छुट्याउन नसकेको बताए ।

सिपाहीको लागी भन्दै १६ विगाहा ८ कठ्ठा जग्गा प्लटिङ गरेको थियो ।

त्यो सँगै दोस्रो र तेस्रो चरणमा गरी करीब ३० विगाह जमिन प्लटिङ गरेर बेचे पनि अधिकांस जग्गा कहाँ छ भने किन्नेहरूलाई समेत जानकारी नभएको उनले बताए ।

नेपाली सेनाका विकास बस्नेतले पनि प्लटिङको जग्गा अहिले पनि पत्तो लगाउँन गाह्रो भएको बताए ।

यता लामो समयअघि किनेको जग्गा हालसम्म थाहा नहुनु आफैमा शंका भएको कोइरालाका दाजु गणेश कोइरालाले बताए ।

लालपूर्जासहित इटहरीमा भेटिएका कोइरालाले सेनाको जग्गा कहाँ छ भन्ने पत्ता नलागेको उनी बताउँछन ।

साढे ९ धुरको दरले जग्गा कित्ताकाट भए पनि अधिकांस सेनालाई जग्गा छुट्याउन गाह्रो भएको एक वहालवाल सेनाले नाम नखुलाउँने सर्तमा बताए । ‘खैं जग्गाको विषयमा बोल्नुपर्ने चेन अफ कमाण्ड छ बोल्यो भने कारबाही हुन्छ ।’ उनले फोनसम्पर्कमा भने ।