इटहरी/पुर्व अर्थ मन्त्रि तथा सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र कार्कीले आफनो सांसद भत्तावापत पाएको रकम विद्यार्थीहरु उच्च शिक्षाकालागी छात्रबृत्ति प्रदान गरेको छ ।

रामधुनी ४ स्थित रामधुनी माबिका कक्षा ११ र १२ मा अध्यनरत अति विपन्न गरिब तथा पिछडिएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको हो ।

रामधुनी आदर्श संस्थाका अध्यक्ष केशवबहादुर खड्काको अगुवाईमा रामधुनी माबिका ६ जना र जनता बहुमुखि क्याम्पस इटहरीमा अध्यनरत एक जना बिध्यार्थिलाई एक वर्ष सम्मकालागी छात्रबृत्ति प्रदान गरेको हो ।

छात्रबृत्ति पाउनेमा रामधुनी माबिका पुजा भुजेल,दिनेश उराव,ईश्वर हरिजन,रञ्जना चौधरी,अनिल खड्का र अपरा माझि रहेका छन्

कार्यक्रममा वडा अध्यक्ष मनेष चौधरी, नेपाली काग्रेसका नगर अध्यक्ष सुदिप अधिकारी,उपाध्यक्ष नारायण कोईराला,नगर सचिव द्धय दिलु राई र बेदानन्द श्रेष्ठले अभिभावकको उपस्थितीमा संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।