रङ्गेली/नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले कांग्रेसमा एकताको खाचो औल्याएका छन् ।

नेपाल निजामति कर्मचारी युुनियन प्रदेश १ स्तरिय सम्मेलनको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै महामन्त्री कोइरालाले काग्रेस एकताबद्ध भएर अघि बढे कसैले हराउन नसक्ने बताए ।

उनले पार्टिको आन्तरिक कलहनै कांग्रेस अप्ठ्यारोमा पर्नुको मुख्य कारण भएको धाराण व्यक्त गरे ।

पाटीको विचार र इतिहास नै काग्रेसको शक्तिको आधार भएको महामन्त्री कोइरालाले बताए ।

उनले कांग्रेस संगठित भएर अघि बढ्नुको विकल्प नभएको जिकिर गरे । उनले गत वर्षको निर्वाचनमा पार्टि पराजयको कारण आन्तरीक कलहलाई ठहर्याए ।

वर्तमान सरकारले शक्तिको दुुरुपयोग गरिरहेको भन्दै यहि अवस्था रहे कांग्रेस चुप लागेर नबस्ने उनले बताए ।

नेपाली कांग्रेस प्रदेश १ संसदिय दलका नेता राजिव कोइरालाले कांग्रेसको नेतृत्व सच्चिनुुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सांसद प्रमुख सचेतक केदार कार्कीले विभिन्न अवस्थामा कांग्रेस चुुकेको भन्दै पार्टि नेतृत्वको आलोचना गरे ।

विराटनगर महानगरपालिकाकी उपप्रमुुख इन्दिरा कार्कीले कांग्रेस संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिए । सम्मेलन दुुइदिन सम्म चल्ने छ ।