धरान  / विग इभेन्ट नेपालद्धारा शनिवार आयोजित वराह मिस प्लस टु २०१८ दोस्रो सिजन उपाधि विजेताहरुलाई धरान १५ वगरकोटस्थित कुजानु सेकुवा हाउसले शुक्रवार सम्मान गरेको छ । कुजानुले आफ्नै हलमा वधाई तथा सम्मान कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेका हो । कार्यक्रममा वराह मिस प्लस टु दोस्रो सिजनका विजेता संगिना श्रेष्ठ, फस्ट रनर अप तथा युनि क्याम्पस मिस एक्टिभ सोनु मगर, सेकेन्ड रनरअप दिपिका गुरुङ, सिओन मिस ट्यालेन्ट सुजिता राई, रेड कार्पेट मिस डिसिप्लिन सोना राई, सगरमाथा मिस फ्रेन्डशिप र सोताङ अर्गानिक मिस वेस्ट डे्रस वेरुजा मादेन, एनआइसि मिस वेस्ट वक सुप्रिना शेर्पा, टप गोर्खा मिस स्माइल कृति लिम्वु, वुढासुव्वा मिस व्युटिफुल सविना अधिकारी, ज्योति लाइफ इन्सुरेन्स मिस फोटोजेनिक प्रोजिता तामाङ, पिपल सप मिस एक्टिभको उपाधि विजेता प्रतिभा श्रेष्ठलाई कुजानु सेकुवा हाउसका प्रोपराइटर शुक्रराज मन्याङवोले खदा र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए । मिस प्लस टु दोस्रो सिजनका विजेता संगिनाले उपाधिसंगै कुजानु भ्युवर्स च्वइस र नेपाल फिजिकल टे्रनिङ मिस पर्सनालिटिको अवार्ड पनि हात पारेकिी थिइन । सम्मान कार्यक्रममा भ्युवर्स च्वइसका प्रायोजकसमेत रहेका कुजानुले संगिनालाई मायाको चिनो र पाँच हजार रुपैया वरावरको डिनर कुपन पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिकाका पर्यटन वोर्ड सहसंयोजक किशोर थुलुङ, मिस प्लस टु आयोजक विग इभेन्ट नेपालका अध्यक्ष सन्तोष राई, प्रेस संगठन नेपालका केन्दिय सदस्य देवेन्द्र कार्की, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, धरान इकाइ कमिटि अध्यक्ष कमल भट्टराई, सियोन कलेजका प्राचार्य सन्जिव राई,  किरात राई पत्रकार संघ, सुनसरीका सचिव शिसिर राईलगायतले विजेताहरुलाई वधाई तथा शुभकामना दिएका थिए ।  विजेता तथा मिस प्लस टु प्रतियोगितामा सहभागि छात्राहरुलाई प्रोत्साहन गर्नको लागि वधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष तथा कुजानुका प्रोपराइटर शुक्र मन्याङवोले जनाए ।