विराटनगर / न्यूरो सर्जन डा.यामबहादुर रोकासहितको ११ जना विशेषज्ञ चिकित्सकको टोलिले ग्रामिण बस्तीमा स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरमा विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लिले स्वास्थ्य शिविर गरेको हो । विशेषज्ञ चिकित्सकको ठूलो टोली शिविरमा सहभागी थियो । नगरपालिकाले स्थानीय गोबद्र्वन बैरागी जनता माविमा भएको स्वास्थ्य शिविरमा १ हजार २ सय जनाले स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टसहित सर्जन रोका, हाडजोर्नी विशेषज्ञ डा.नविनकुमार कर्ण, ल्याप्रोस्कोपिक सर्जन डा. सुदिप खनियाले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । एक साथ ठूलो संख्यामा उपस्थीति भएका विरामीहरुले स्थानियस्तरमा रोग अनुसारको विशेषयज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्न पाउँदा स्थानीय खुशी भएका थिए । यसैगरी शिविरमा इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. समर्थ सिंह, कार्डियोलोजिष्ट डा.राजीव श्रेष्ठ, फिजिसियन डा.केशर बहादुर गुरुङ, आँखा रोग विशेषज्ञ डा.नारायणी रोका, स्त्री तथा प्रसुती रोग विशेषज्ञ रेनुका राठी, बाल रोग विशेषज्ञ डा.सुरेश प्रसाद साह र दन्तरोग विशेषज्ञ डा.अमित प्रताप साहले समेत स्वास्थ्य परीक्षण गरेका थिए । नगरवासीको स्वास्थ्य क्षेत्रको जिम्मेवारी पनि नगरपालिकाको भएकाले विशेषज्ञ चिकित्सक तथा प्राविधिक टोलीसहितको शिविर आयोजना गरिएको नगरपालिकाका मेयर उत्तमकुमार शर्माले जानकारी दिए । शिविरमा निःशुल्क औषधी वितरण, स्वास्थ्य परीक्षण, इइजी तथा इसीजी, रगत परीक्षण समेत गरिएको थियो । शिविरमा इसिजी, इइजी, मधुमेह, रगत परिक्षण तथा फिजियोथेरापी पनि गरिएको थियो । शिविरमा मस्तिष्क तथा नशारोग, हाडजोर्नी, जेनेरल सर्जरी, आखाँ रोग, स्त्री तथा प्रसुती रोग तथा बाल रोग सम्वन्धीका विरामीहरु लाभान्भित भएको मेयर शर्माले जानकारी दिए ।