विराटनगर / प्रदेश १ सरकारले लोगो सार्वजानिक गरेको  छ । सोमबार सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाई शुभारम्भ गरेका छन् । लोगो मन्त्रीहरुऽ प्रतिपक्षदलका नेतालाई वितरण गरिएको छ । उक्त लोगो सबै सांसदहरुलाई वितरण गरिने र सदनमा लागो लगाएर उपस्थित हुनु पर्ने बताइएको छ । लोगोमा सगरमाथा, कोशी, लालीगुराँस, धानको बाला, क्रस खुकुरी, महिला पुरूषको हात अंकित रहेको छ । यो लोगो पूर्वका कलाकार विक्रमश्रिले गरेको सभामुख भण्डारीले जानकारी दिए । सरकार गठन भएको करिव एक बर्ष हुन लागे पछि आफ्नो प्रदेशको लोगो तयारी गरिएको हो ।