मधुमल्ला/ लायन्स क्लब अफ मधुमल्ला र लायन्स क्लब अफ मिक्लाजुङको संयुक्त आयोजनामा अन्तराष्ट्रिय लायन्स दिवसको अवसर पारेर शैक्षिक सामग्री वितरण गरेको छ । मिक्लाजुङ–६, शान्ति टोल मधुमल्लामा रहेको राम स्मृति आधारभुत विद्यालयका १८ जना छात्र/छात्राहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको लयान्स क्लब अफ मिक्लाजुङ अध्यक्ष रुद्र भण्डारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि लायन जोन चेयर पर्शन कोमल शाक्यले लायन्सहरुले भाषण भन्दा पनी काममा बढी प्राथमिकता दिने बताउँदै सो विद्यालयका विद्यार्थीहरुका लागी जाडो छल्ने एक/एक सेट ट्रयाक सुट वितरण गर्ने बताए । शैक्षिक सामग्री वितरण कार्यक्रमका बिशिष्ठ अतिथी मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धीलाल निरौलाले वडा कार्यलयलेसमेत सहयोग गर्दै आएको र थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।