पानवारी । न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विषयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रेडियोलोजी विभागका प्राविधिक डा.अरुण गुप्ताले सिओल नेशनल युनिभर्सिटी कोरियाबाट विद्यावारिधी गरेका छन् । यस विषयमा विद्यावारिधी गर्ने उनी पहिलो नेपाली हुन् । उनले यो महत्वपूर्ण विषयमा पिएचडी गर्ने पहिलो नेपाली हुन पाएकोमा आफुलाई निक्कै गर्व महशुस भएको बताए । यस विषय विज्ञको काम क्यान्सर परीक्षण र उपचार हो । यससँगै अबे नेपालमै पनि क्यान्सर रोगको उपचारमा सहजता आउने चिकित्सा क्षेत्रका विज्ञहरुले आशा गरेका छन् । विदेशमा प्रसस्त अवसर हुँदा हुँदै पनि आफुलाई स्वदेशमा नै सेवा गर्ने इच्छा भएकोले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान फर्किएको गुप्ताले बताएका छन् ।