रङ्गेली । प्रदेश १को पहिचान झल्कने गरी निर्माण गरीएको प्रदेश लोगो सभामुख प्रदिपकुमार भण्डारीले मुख्यमन्त्रीलाई लगाइ दिएर शुभारम्भ गरीएको छ । प्रदेश सभा सचिवालयले सोमबार आयोजना गरेको लोगो वितरण कार्यक्रममा मुख्यमन्त्रीले शेरधन राइले लगाए पछि उनले भामुखलाई लागाइ दिएका थिए । त्यस पछि अन्य मन्त्री,संसदिय दलका नेत,प्रमुख सचेतक लागयतलाई सभामुख प्रदिपकुमार भण्डारीले लगाइदिनु साथै वितरण गरेका थिए । सभामुख भण्डारीले कार्यव्यवस्था परामर्श समितिले तयार गरेको लोगो प्रयोगमा ल्याइएको कार्यक्रममा जानकारी गराएका थिए । प्रदेश सदस्यहरुका लागि खैरो कोट पोशाकको रुपमा यस अघिनै व्यवस्था गरिएको थियो । लोगो सुनसरी इटहरीका कलाकार विक्रम श्रीले तयार परेका हुन । प्रदेश सभा सचिवालयले सार्वजनिक सूचना मार्फत लोको ‘डिजाइन’ मागरेकोमा २ वटा लोगो प्रतिस्पर्धामा आएका थिए । प्रदेश १ का सदस्यहरूलाई वितरण गरिएको लोगोमा महिला र पुरुषका हत्केला माथि खुकुरी, लालीगुराँस, धानका बाला रहेको छ । सप्तकोसी नदी र शीरमा सगरमाथा माथि नेपालको राष्ट्रिय झन्डा अंकित रहेको छ ।