बराहक्षेत्र । वराहक्षेत्रको प्राचिन हरिद्वार चतराधाम मा रहेको राधाकृष्ण संस्कृत वेद विद्याश्रम आधारभुत विद्यँलय लँई रकम दिई सहयोग गर्ने अक्षय कोषदाता लाई सम्मान गरिएको छ ।

सोमवार चतरा स्थित विद्यालयको मैदान परिषरमा आयोजित २ दिने, १६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनीहरु लाई सम्मान गरिएको हो ।

कार्यक्रममा संस्कृत विद्यालय प्राशसानिक र भौतिक व्यवस्थापनको लागि तथा विद्यार्थीको सहज र निर्विघ्न अध्ययन अध्यापन लागि अक्षय कोषमा चन्दा दिईएको थियो ।

चन्दा सहयोग दिनेमा ईटहरीका रोमन वाहादुर कार्की ७ लाख, ७ हजार ७ सय ७७, दम्पतिद्वय मेदिनी प्रसाद र सेवन्तादेवी ढुंगेल १ लाख ११ हजार १ सय ११ रुपैंया, विराटचौक मोरङ्गका र्टकनाथ तथा पुष्पा गुरागाईले ३१ हजार १ सय १६ रुपैंया यसैगरी सुन्दर हरैचा दम्पतिद्वय निल प्रसाद र प्रेमकुमारी गुरागाईले १५ हजार ५ सय ५५ रुपैया दान दिएका थिए । यसैगरी ईनरुवाको नमूना भजन किर्तन समुहले १२ हजार १सय १६ रहेका छन् ।

भने सर्लाहीका श्रीपुष्कर हरिप्रिया दासी घिमिरे, दुहबीका रमेश प्रसाद दाहाल र विराटनगरका दम्पतिद्वय गोविन्दशरण र उमा ढुगांना,११ कृष्णकुमारी ढकाल,सिता सिग्देल,कौशिलादेवी सुपुत्र राजन रेग्मी,सिता सिग्देल, जनही ११ हजार १ सय ११ रुपैया र टंकीसिनवारीका राधाकृष्ण मिलन भजन किर्तन समुहले ११ हजार ३ सय ५ रुपैया र ईटहरी ८ का हरिप्रसाद र ईन्दिरा काफ्लेले १० हजार ५ सय ५ रुपैंया विद्यालय लँई चन्दा दिएका थिए ।

अक्षय कोषमा चन्दा दिने अक्षयकोष दाताहरु लाई, नेपालका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य महाराजले, कार्यक्रमका प्रमुख अतिथि वराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाल लगायतले प्रमाणपत्र र रामनामी ओढाएर सम्मान गरेको थिए ।

मनोज पौडेलको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन जुमना रेग्मीले गरेकी थिईन् ।