वराहक्षेत्र । वराहक्षेत्रको यातायात व्यवसायीहरुको तीर्थनगरी बचत तथा ऋण सहकारी संस्थाले एक चौथाई भन्दा बढिले आर्थिक कारोबार लाई बढाएर यस वर्षमा २ करोड बराबरको निक्षेप संकलन गरेको छ ।
सोमवार चतरामा आयोजित संस्थाको दोश्रो साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै तीर्थ नगरी बचतका अध्यक्ष गोविन्द मगरले,आर्थिक वर्ष २०७४÷७५मा संस्थाले २६ प्रतिशत भन्दा बढि १ करोड ९७ लाख ४४ हजार ८ सय ३८ रुपैया संकलन गरिएको बतँए ।
संस्थाले गत वर्ष ४९ लाख ७६ हजार ३ सय ४२ रुपैंया संकलन गरेको अध्यक्ष मगरले बतँए ।
यस आर्थिक वर्षको अन्त्य सम्ममा १४ लाख ८६ हजार ९ सय ७८ रुपैंया बैंक मौज्दात रहेको भन्दै चतरा बहुउद्देश्यीय सहकारी संस्थामा ११ लाख ७१ हजार २९ रुपैंया र मितेरी विकास बैंक चतरा शाखामा ८७ हजार ८ सय ७२ जम्मा मौज्दात रहेको उनले जानकारी दिए ।
यसैगरी संस्थाले १ करोड ७ लाख ८८ हजार ९सय रुर्पैया ऋण प्रवाह गरेको बतँए । दुई वर्षको छोटो अवधि मा उल्लेखनीय प्रगती गरेकोमा प्रमुख अतिथि गणेश विरहीले खुशी व्यक्त गर्दै आउ“ने वर्षमा अझ राम्रो प्रदर्शन गरी शेयरधनीको मन जित्ने बतँए ।
गोविन्द मगरको अध्यक्षतामा, दिवंगत सदस्य कमलेश साहको सम्झनामा १ मिनेट मौन धारण गरी महेश बर्जचार्यको स्वागत मनतव्य वाट शुरु गरिएको कार्यक्रममा चतरा सहकारी बाबुराम दाहाल,वराहक्षेत्र रेडक्रस अध्यक्ष ओमकुमार शर्मा बसन्तऋतु सहकारी अध्यक्ष चुडामणी नेपाल,भेषराज घिमिरे लगायत अतिथिको उपस्थिती रहेको थियो ।
२०७३ साल पौष १४ गते २८ जना संस्थापक शेयर सदस्यहरु वाट शुरु गरिएको संसथामा २ सय ४० जना शेयर सदस्य रहेका छन् ।