swsthya-sibirयासोक । पाँचथरको तुम्बेवा गाउँपालिकामा पाँच दिन देखिको घुम्ति शिबिर सोमबार सम्पन्न भएको छ । घुम्ति शिबिरमा ५ वटा वडाका स्थानीयहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । शिबिरमा ६ सय ९० जनाले स्वास्थ्य परिक्षण र परामर्श लिएका थिए । त्यसैगरि पशुचौपाय तर्फ ४ सय ५० चौपायको स्वास्थ्य परिक्षण गर्नुका साथै कृषकले पालेका २ सयवटा खसी, सुङगुर र गोरुको बन्ध्याकरण गर्नुका साथै कुकुरलाई समेत रेबिज सुई लगाईएको थियो ।

कृषिजन्य बस्तुको उत्पादनमा पनि ६ सय २४ जना कृषकहरुलाई कृषि सम्बन्धी परामर्श र बिउविजन बितरण गरिएको गाउँपालिकाका कृषि साखा प्रमुख प्रेमनाथ चौधरीले बताए । उनिभन्छन् । कृषकहरुको गुनासो कार्यालयमा बसेर सुन्नुभन्दा पनि स्थलगत रुपमै गएर अनुभव गर्नु सबैभन्दा महत्वपूर्ण हुनेरहेछ । गाउँपालिकाको नेतृत्वमा कृषि, पशु, शिक्षा र स्वास्थ्य साखाबाट शिबिरमा खटिएर सेवा प्रभाह गरेका हौं ।’ उनले भने । राज्यका कुनै पनि श्रात र साधनहरु नपुगेको ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा संचालन गरिएको शिबिरमा जटिल प्रकारका समस्या देखिएका बिरामी मध्ये, कम्जोर आर्थिक अबस्था भएका नागरिकको लागि पनि आवश्यक सहयोग गर्ने तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापाले बताए । उपचार गर्न नसक्ने आर्थिक अबस्थामा नागरिकलाई गाउँपालिकाले सिफारिस बनाएर अन्य क्षेत्रमा सहयोगको लागि पहल समेत गर्ने थापाको भनाई छ ।