मधुमल्ला । मिक्लाजुङ साहित्य समाज मोरङको आयोजना सिर्जना अनावरणको पाचौं सृङ्खला सम्पन्न भएको छ । मोरङको मिक्लाजुङ ७ मधुमल्लामा अवस्थित लेखनाथ पुस्तकालयको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा साहित्यकार कविद्वय बद्री भिखारी तथा प्रकाश बुढाथोकीका सृजना अनावरण तथा कविता तथा गजलहरुको बाचन गरिएको थियो ।
कार्यक्रममा झापा, मोरङ, इलाम, सुनसरी, धनकुटा, पाँचथर र तेह्रथुमका गरी ६० बढी कवि तथा साहित्यकाहरुको उपस्थिती रहेको मिक्लाजुङ साहित्य समाजका कोषाध्यक्ष रुद्र भण्डारी (धुलो)ले बताए । कार्यक्रमका प्रमुख अतिथी मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले सहित्य जनजिवनको मुख्य पाटो भएकाले यसलाई पर्वधन आवस्यक रहेको र गाउँपालिकाले पनी प्रवर्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा लेखनाथ पुस्तकालयका अध्यक्ष गोविन्द बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
साहित्य समाजका सचिब गगन योक्पान्देनले संचालन गरेको कार्यक्रमको अध्यक्षता सहित्य समाजका अध्यक्ष कमल मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो ।