विराटनगर । १ नम्बर प्रदेशका आदिवासी महिलारूलाई भूमिमाथिको अधिकारबारे जानकारी दिने उद्देश्यले दुई दिने तालिम सोमबार विराटनगरमा सम्पन्न भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला संघ (निफ) को आयोजनामा भूमिमाथिको कानूनी अधिकार र व्यवहारिक पक्षको बारेमा जानकारी दिन तालिम दिएको हो ।

‘पछिल्लो समय आदीवासी जनजाति बहुल्यता रहेको क्षेत्रमा आदीवासीको भूमिहरू अतिक्रमण भइरहेको छ,’ राष्ट्रिय आदिवासी जनजाति महिला संघको महासचिब शान्ति देवानले भनिन्, ‘आदीवासी जनजाति बसोबास रहेको भूमिको संरक्षण गर्न कानुनको जानकारी दिन यस्तो तालिम आयोजना गरिएको हो ।’ तालिममा आदीवासी जनजातिको हक, अधिकारको विषयसमेत घनिबुद रुपमा छलफल भएको उनले बताइन् । निफका महासचिब देवानका अनुसार अहिले नयाँ आएको फौजदारी कानुनको विषयमा समेत जानकारी गराएको जानकारी दिइन् । तालिममा ४० जना आदीबासी जनजाति सामुदायका अगुवा महिलाहरूको उपस्थीति रहेको थियो । तालिममा बुझेको कानुनी विषयको जानकारीहरू सामुदायमा गएर उनीहरुले आफ्नो अधिकार स्थापित गर्न लागि पर्ने बताइएको छ ।

दुई दिनसम्म संचालन भएको तालिमको सहजिकरण कानुन व्यवसायी अधिवक्ता लक्ष्मी राई र नेफको कार्यक्रम संयोजक कमला थापाले गरेका थिए ।