इलाम । इलाम जिल्ला सदरमुकामबाट नजिक रहेको साविकको प्याङ्ग गा.वि.स हाल माईजोगमाई गाँउपालिका वार्ड नं ६ पर्दछ । सदरमुकामबाट १७ किलोमिटर दुरीमा रहेको यस गाँउमा वर्षातको समयमा यातायातका साधन ठप्प भएतापनि हिउँद लागेपछि भने सहज बन्दै जान्छ । चार महिना यातायातका साधन चल्न नसक्दा प्याङ्गबासी चार घण्टाको कस्टकर पैदल यात्रा गरि सदरमुकाम आउने गर्छन् । भौगोलिक विकटता साथै इलाम नगरपालिका वार्ड नं २ सुम्बेक र प्याङ्गको बीचमा रहेको माईखोलामा पुल नभएका कारण वर्षातको समयमा भने यात्रा अत्यन्तै कस्टकर हुने गरेको छ । जिल्लाका अन्य स्थलहरुमा समेत वर्षाको समयमा बाटो हिलो भएतापनि यातायातका साधन ठप्प भने भएको पाइदैँन । वर्षात सुरु भएपश्चात माईखोलामा पानीको वहाव बढ्न थालेसगैँ यातायात समेत थन्किने गर्दछन् । प्याङ्गमा रहेको प्राथमिकस्वास्थ्य चौकी,माध्यमिक विद्यालयमा रहेका शिक्षक तथा कर्मचारीहरु हिडेर नै सदरमुकाम आवतजावत गर्ने गर्दछन् । इलाम नगरपालिका वार्ड नम्बर पाँच विव्ल्याँटेबाट सामाजिक सञ्जालमा “कालापानीको यात्रा” लेखेर आफ्नो पैदल यात्रा सुरु गरि इलाम नगरपालिकाको बरबोटे,सुम्बेक हुदैँ करिब दुई घण्टा हिडेपछि मानिस आहोरदोहोर गर्ने प्याङ्गको झोलुङ्गे पुल तरेपछि उकालोमा खुई गर्दै आफ्नो यात्रा तय गर्ने गर्दछन् । अत्यन्तै आवश्यक पर्ने सामग्रीहरु प्राथमिक स्वास्थ्य केन्द्रमा औषधी,विद्यालयका अत्यावश्यक सामग्री भने सदरमुकामबाट सन्दकपुर गाँउपालिकाको सुलुबुङ्ग,माबु,जमुना हुदैँ करिब तीन घण्टाभन्दा बढी समय लगाएर लैजाने गरिएको छ । यसरी वर्षातको समयमा कालापानी भनेर चिनिने प्याङ्गमा हिउँदको समयमा भने यात्रा सहज हुने गरेको छ । चाडबाडलाई मध्यनजर गरि प्याङ्गको रुलुक हुदैँ पञ्चमी बजारसम्म भने केही दिनबाट नै यातायात सञ्चालन गर्न बाटोको सरसफाई गरिने माईजोगमाई छ प्याङ्गका वडाध्यक्ष भवानीप्रसाद लिङदमले जनाए । उनले दसैँतिहार पछाडी भने यसका लागि सात लाख ३० हजार बजेट छुट्याइसकेको र हाल भने स्थानीयबाट नै सरसफाई गरि दसैँमा यातायातका साधन सञ्चालन गरिने बताए । खोलामा पानी घटिसकेको आवतजावत बढेन थालेपछि सरसफाई गरेरै भएपनि यात्रा सहज गराउने उनको भनाई छ । प्याङ्गको रुलुक पुलका लागि समेत एक करोड बजेट प्रदेश सरकारबाट छुिट्टएको र यसै आर्थिक वर्षमा नै पुलको काम सुरु हुनाले अबको केही वर्षमा भने वर्षैभरि स्थानीयलाई सहज हुने उनको भनाई छ ।