अाजकाे राशिफल
- आश्विन २३, २०७५
- ब्लाष्ट खबर
वि.सं. २०७५ साल असोज २३ गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर ९ तारिख।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
महत्त्वाकांक्षी कार्य प्रारम्भ हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट पनि हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
चिताएको काम सम्पादन गर्न सकिनेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ। भौतिक साधन जुट्नाले आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ।