दमक/झापाको दमक नगरपालिकाले मदिरा खरिदका लागि उमेर हद निर्धारण गर्ने भएको छ ।

नगरपालिकाले १८ वर्ष कम उमेरकाले मदिरा खरिद गर्न नपाउने नियम बनाउने भएको हो ।

नगरपालिकाको प्रङ्गणमा आयोजीत खुल्ला दिशा मुक्त नगर घोषणा कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले मदिरा खरिदमा उमेर हद तोक्ने सम्बन्धिको नियम ल्याउने बताए।

सघं र प्रदेश सरकारको कानुनसँग नबाजीएमा उक्त नियम पारित गराई कार्यान्वायन गरिने नगर प्रमुख ओलीले बताए।

साथै आजबाट दमक नगर खुल्ला दिशा मुक्त भएको घोषणा समेत गरिएको छ ।

१५ वटा स्थानिय तह रहेको जिल्लामा अझै ४ वटा स्थानीय तह खुल्ला दिशा मुक्त घोषणा हुन बाँकी रहेको छ ।

आगामी कार्तिक महिना भित्रमा सबै स्थानिय तहलाई खुल्ला दिशा मुक्त घोषणा गरि सकेर समग्र जिल्लालाई खुल्ला दिशा मुक्त बनाउने लक्ष्य राखीएको जिल्ला समन्वय समितीका सभापति सोम पोर्तेलले जानकारी दिएका छन् ।

हाल देशका ६० वटा जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरिसकिएको छ ।