इटहरी/ विभिन्न प्रलोभनमा स्थानीयबाट लाखौ रकम उठाएर इटहरीमा रहेको जरनिन इन्भेष्टमेन्टका सञ्चालक फरार भएका छन् ।

नेपालीहरुको ठुलो पर्व दशैको मुखमा विना धितो पाँच लाख सम्म ऋण दिने भन्दै सर्वसाधरणबाट उठाएको करीब ५० लाख लिएर सञ्चालक फरार भएका हुन ।

इटहरी ८ स्थित पश्चिम गैसार नजिक खोलिएको कार्यालयबाट ‘विना धितो’ ऋण दिने भन्दै सर्वसाधरणबाट उठाएको रकम लिएर संञ्चालक अजय यादव र स्नेहा यादव फरार भए पछि स्थानीयको विजोक भएको छ ।

ऋण लिन पुग्नेहरु आफुहरु ठगिएको भन्दै उजुरबाजुरमा लागेका हुन् ।

इन्भेष्टमेन्टले सोमबार र मंगलबार सबैलाई ऋण रकम दिने भन्दै सर्वसाधरणहरु बोलाएका भए पनि उनीहरु केहि दिन अगाडीनै भागेको पाईएको छ ।

सात जना कर्मचारी सहित खोलिएको उक्त इन्भेष्टमेन्ट प्रा.लि समेत दर्ता नभएको बताइएको छ ।

शेयर भर्न भनि बनाइएको फर्ममा समेत उल्लेखित प्यान नंम्बर अर्काे इन्भेष्टमेन्ट प्रा.लिको नाममा दर्ता छ ।

 इन्भेष्टमेन्टमा ६० भन्दा बढी शेयर सदस्यबाट संकलित ३० लाख र संचालकद्वय स्वयम् अजय यादव र स्नेहा यादवकाे २० लाख रकम रहेकाे तत्कालीन कर्मचारी उमेश अधिकारीले जानकारी दिए ।

केही दिनअघि मात्र एकाउन्टेन्टका जागिर सम्हालेका अधिकारीले प्रा.लिको काम प्रति शंका लागेर नै आफु सहित दुईजना कर्मचारीले इटहरी प्रहरीमा निवेदन दिएको बताए ।

स्थानिय दिना चौधरीले पनि ५ लाख ऋणको लागि ७० हजार बुझाएका थिईन् ।

शेयर वापत रकमको ७ प्रतिशत ब्याजदर दिने र ऋणको १७ प्रतिशत ब्याज लिने भन्दै इन्भेष्टमेन्ट प्रा.लिले पैसा उठाएको उनले बताईन् । आफुले श्रmणको लोभमा शेयर किन्दा ठगिएको गुनासो गरिन ।

५० हजार सेयर हालेका इटहरीका राम विश्वकर्माले ३ लाख ऋण पाउने आशामा नराम्रोसँग ठगिएको बताए ।

‘आफुलाई सोमबार ३ लाख लिन आउनु भनिएको थियो, तर अहिले ठगिएको महसुस भयो’ । उनले भने ‘पैसा दिएको रसिद समेत दिएनन्’ ।

मलाई दशैको मुखमा ठग्नु ठगे । आफुलाई ठुला ठुला सपना देखाएर ठगी गरेको भन्दै ठगलाई खोजिदिन प्रहरीलार्इ आग्रह गरे ।

अहिले कार्यालयका संञ्चालकलाई सम्पर्क गर्दा फोन अफ गरिएको चौधरीले बताए ।

पिडित सबैले इलाका प्रहरी कार्यालय इटहरीमा संञ्चालक विरुद्ध निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले भने ठगिएको भन्दै उजुरी परे पछि अनुसन्धान सुरु भएको बताए ।

हामीलाई कर्मचारी सहित केहिले ठगिएको जानकारी गराए पछि अनुसन्धान र प्रमाण खोज्न लागी परेका छौ ।

पछिल्लो केहि समय यता इटहरीलार्इ ठगी गर्ने थलोको रुपमा ठगहरुले प्रयोग गदै आएका छन् ।

विभिन्न बहानामा इटहरी क्षेत्रमा ठगी धन्दा मौल्याएको प्रहरी आफै स्वीकार गरे पनि ठगहरुलाई पक्राउ गर्ने प्रहरी असफल जस्तै बनेकाे छ ।

केहि दिन अघि मात्र इटहरीको धरान रोड स्थित ज्वेलरीका संचालक मान कुमार लिम्बु र शिला लिम्बु ८ करोड भन्दा बढि र इटहरीको विराटनगर लाईनमा रहेको चाँदनी ज्वेलर्सका संचालक भनिएका सुमन श्रेष्ठले सर्वसाधारणबाट गैरकानुनी रुपमा संकलन गरेको रकम फिर्ता नगरी फरार भएका छन् ।