उदयपुर/ उदयपुरको मुख्य व्यापरिक केन्द्र कटारीमा प्रशासनको अनुगमनप्रति असन्तुष्ट जनाउदै व्यापरीले बजार बन्द गरेको छ ।

कटारी बजारको साना व्यापारीहरु मर्कामा परेको भन्दै प्रशासन प्रति आक्रोसित व्यापरीहरुले सोमबार बजार बन्द गरेको हो ।

ईलाका प्रशासन प्रमुखको नेतृत्वमा सरोकारवालाहरुको बजार अनुगमन प्रति व्यापारीहरु असन्तुष्ट जनाउदै बजार बन्द गराएको हो ।

कर बृद्धि भार बोकिरहेको व्यापारीहरुलाई मानोमानित तरिकाले बजार अनुगमन गरेको व्यापारीहरुले आरोप लगाएको छ ।

नजिकीदै गरेको दशैँ तिहारलाई लक्षित गरि आईतबार देखि थालिएको बजार अनुगम प्रति साना व्यापारीहरुलाई निशाना बनाई अनुगमन गरेको भन्दै बजार बन्द गर्न बाध्य भएको व्यापारीहरुले बताएका छन् ।

कटारीबाट पहाडी जिल्लाहरु सोलू, ओखलढुङ्गा, खोटाङमा गएको उपभोग्य सामाग्रीमा म्याद नाघेको र गुणस्तरहीन पाइएको गुनासो आएपछि बजार अनुगमन गरेको ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले बताए ।

अनुगमनको क्रममा एउटा पसलले कानुनिक प्रक्रिया पुरा नगरी व्यापार गरिरहेको पाईएपछि प्रक्रिया पुरा नहुन्जेल पसल बन्द गराएका थिए ।

दैनिक उपभोग्य बस्तुमा म्याद नाघेको र गुणस्तरहीन पाईएको ईलाका प्रशासन प्रमुख पौडेलले बताए ।

व्यापार व्यावसाय गर्न विभिन्न झन्झटिला सरकारी प्रत्रिया पुरा गरि कर तिरेर पनि स्वतन्त्र रुपले व्यापार गर्न नपाएकोले व्यापारीहरु विरोधमा उत्रियको उद्योग बाणिज्य संघ कटारीको अध्यक्ष पुष्कर खड्काले बताए ।

अत्याधिक कर बृद्धिको भार बोकिरहेको जनतालाई विभिन्न बहानामा व्यापारीहरुलाई समस्यामा पर्दै आएको र प्रशासनले व्यक्तिगत कानुन बनाई व्यापारीलाई समस्यामा पारेको आरोप व्यापारीहरुले लगाएका छन् ।

राज्यले ल्याएको आर्थिक समृद्धि खुसी नेपाली भन्ने नीतिलाई यस्ता प्रशासनले रोजगारीको सर्जना नगरी खाडी मुलुक जान बाध्य बनाउने खड्काले बताए ।