नयाँदिल्ली/ भारतमा इन्धनको मुल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मुल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ।
नयाँदिल्लीमा पेट्रोलको मुल्य प्रति लिटर भारु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मुल्य भारु. ७३.८२ नेरु ११८.११ पुगेको छ।
म’म्बईमा पेट्रोलको मुल्य भारु ८७.५० र डिजेलको मुल्य भारु. ७७.३७ तोकिएको छ।
सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मुल्यमा प्रति लिटर भारु. २.५० ले कटौती गर्ने घोषणा गरेकाे ।
उनले राज्य सरकारलाई पनि सोही नियम लागु गर्न निर्देश गरेकाे थियाे ।