तेह्रथुम/ आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्ति बजारस्थित त्रिमोहन माध्यमिक विद्यालयमा बाल पत्रकारिता तथा भित्तेपत्रिका प्रकाशन सम्बन्धी एकदिने छलफल कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा बालपत्रकारिता, भित्तेपत्रिकाका लागि चाहिने सामग्री, उल्लेख हुनुपर्ने जानकारी, सीप, प्रविधि र भाषा, लेआउट र डिजाइनलगायतको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद् अमृत बास्तोलाले सहजीकरण गरेका थिए ।
विद्यालयमा रहेको त्रिमोहन भगवती बाल क्लबको आयोजनामा भएको कार्यक्रममा क्लबका २५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
एक्सन एड नेपाल र देउराली सोसाइटी तेह्रथुमको प्रायोजनमा भएको कार्यक्रम विद्यालयले व्यवस्थापन गरेको सोसाइटीकी सामाजिक परिचालक सीता निरौलाले जानकारी दिइन् ।