श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असोज ३० गते मङ्गलबार, १६ अक्टोबर २०१८ । आश्विन शुक्लपक्षको सप्तमी तिथि १०ः३२ बजेसम्म, उप्रान्त अष्ठमी, नक्षत्र पूर्वषाढा १९ः३६ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः०५ र सूर्यास्त ५ः३१ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कारमा दिन बित्ला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नया“ तथा रमणीय स्थानको भ्रमण हुनेछ । घरपरिवारमा नया“ सदस्यको आगमन हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । नया“ तथा रमणीय स्थानको भ्रमण होला । साथीभाइसित रमाइलो भेटघाट हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय राम्रो छ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभ समाचारले मन प्रसन्न रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय उत्तमखालको छ । साथीभाइ तथा आफन्तको विशेष सहयोग प्राप्त भइरहला । शुभसमाचार सुन्नमा आउला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । लाभदायी यात्रामा सरिक भइएला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय राम्रो छ । वस्त्र तथा आभूषण प्राप्त होला । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न बन्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुन–चा“दी तथा जग्गा–जमिनको कार्य व्यवसायमा रुचि बढ्नेछ । मातृपक्ष्ँको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । लाभदायी यात्राको अवसर प्रँप्त हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) जग्गा–जमिन तथा भवनसम्बन्धी काममा विशेष लाभ मिल्ला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।