पाँचथर/ एक बिहानै देउमाया थापाको कानमा गाउँपालिकाले राहत बाँड्दै छ भन्ने खवर गुन्जीयो । हतार हतार घरायसी काम सकेर उनि उकालो बाटो हिड्न थालिन् ।

८० वर्षिय थापालाई सास बढेर हिड्न निकै कठिन भइरहेको थियो । करिब ३० मिनेटको उकालो बाटो हिडेपछि उनि त्यहाँ पुगिन् जहाँ खडेरी पीडितलाई राहत वितरण भईरहेको थियो ।

देउमायाले पनि ५ हजार नगत र एक बोरा चामल पाउदा दंग थिईन् ।

पाँचथरको कुम्मायक गाउँपालिकाका खडेरी पीडित किसानलाई प्रदेश सरकार र गाउँपालिकाको सयुक्त राहत वितरण कार्यक्रमले थापा जस्तै अन्य किसानहरु पनि खुसि देखिन्थे ।

दशैंको मुखमै चामल र पैसा गाउँपालिकाले घर घरमै पुर्याएपछि प्रभावित किसानहरुको खुसिको सिमानै थिएन् । यस्तैमा ६५ वर्षिय चन्द्रबहादुर थापा पनि भन्दै थिए ।

‘घरमा खाने एक गेडा अन्न थिएन दशैं तिहार कसरी मनाउँने चिन्ता थियो, तर अहिले घरमै चामल र पैसा पाएपछि उनि पनि खुसी छिन् । उनि जस्तै अन्य किसानहरु पनि दशैंको मुखमा राहत पाउँदा हर्सित भएका छन् ।

कुम्मायक गाउँपालिका ३ सय ९ जना खडेरी प्रभावित किसानले राहत पाएका छन् । गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै दशैं अगावै राहत वितरण गरेको हो ।

प्रतिघरधुरी ५ हजार नगत र एक बोरा चामलको दरले राहत वितरण गरिएको गाउँपालिकाका प्रमुख जयबहादुर चेम्जोङले बताए । ‘खडेरीले असर गरेको वडा न. १ का १ सय ५४ घरधुरी, वडा न. ३ का ५६ घरधुरी र वडा न. ५ का १ सय १  घरधुरीलाई राहत वितरण गरिएको उनले बताए ।

प्रदेश सरकारले गाउँपालिकाका ३ सय ११ घरधुरीलाई ५ हजारको दरले १५ लाख ५५ हजार र गाउँपालिकाले ३ सय ११ बोरा चामल राहत बितरण गरेको हो ।

खडेरी प्रभावित किसानलाई गाउँपालिकाले एक वर्षको मालपोत कर समेत मिना गर्ने भएको छ । खाध्य संकट देखा पर्न सक्ने भन्दै गाउँपालिकाले यस्तो निणर्य लिएको कुम्मायक–१ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतीले बताए ।

किसानलाई प्राकृतिक प्रकोपको समयमा भएको समयमा गाउँपालिकाले मालपोत कर मिना गर्ने निणर्य गरेको लावतीले बताए ।

यसै गरी जिल्लाको तुम्बेवा गाउँपालिकाका खडेरी पीडित किसानलाई पनि राहत बितरण गरिएको छ । गाउँपालिकामा रहेका ३ सय ३४ घरधुरीलाई गाउँपालिकाले राहत वितरण गरेको हो ।

प्रभावित क्षेत्रका किसानलाई जनही ५ हजारको दरले राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।

मध्य बर्खामा खडेरीका कारण किसानको बालीनाली सखाप भएपछि प्रदेश–१ को मन्त्रीपरिषदको बैठकले सुख्खाग्रस्त क्षेत्रमा खडेरीका कारण उत्पन्न समस्याबारे राहत प्याकेज तय गरेको थियो ।