वि.सं. २०७५ साल असोज ३१ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर १७ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– अष्टमी, १२:२७ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ Ariesपारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह दौडधुपले कमजोरी अनुभूति हुन सक्छ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। अतिथिका रूपमा सेवा सत्कार प्राप्त हुनेछ। आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च हुनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे लक्ष्यमा पुग्न अरूका लागि केही कठोर नीति अवलम्बन गर्नुपर्ला। दौडधुप गर्नुपरे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पहिलेको सफलताले पनि थप काममा हौसला प्रदान गर्नेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिएला।  मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। मनग्गे रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।