भद्रपुर/ चाडपर्वको अवसर पारेर यहाँ स्थित बृहत्त सम्पन्न गरेको छ ।

झापाको दक्षिणी क्षेत्र कचनकवल–६ वनियानी यूवा परिवार क्लबले विभिन्न मनोरञ्जानात्मक कार्यक्रमको आयोजना गरी मङ्गलबार सम्पन्न गरेको हो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती रहेको थियो ।

राष्ट्रिय कलाकार शिव परियार,बलाराम राजवंशी,याम बराल लगायतले विभिन्न गित सुनाएर दर्शकलाइ नचाएका थिए ।

स्थानीय कलाकार सागर तामाङ्,विन्दास राजवंशी,नविन लिम्बू,कचनकवल विद्या मन्दीर लगायतले आ–आफनो प्रस्तुती गरेका थिए ।

क्लबका अध्यक्ष हरि बस्नेत(चट्टान)को सभापतित्व तथा प्रदेश सांसद बसन्त कुमार वानीयाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद ओम प्रकाश सरावगी, कचनकवल गाउँपालिका अध्यक्ष अन्जरा आलम,६ नम्बर वडाध्यक्ष कुलबहादुर कार्की लगायतले शुभकामना राखेको कार्यक्रमको सञ्चालन सचिव शिव गुरुङ्ले गरेका थिए ।

अपरान्हबाट शुरु भएको कार्यक्रम साँझ साँढे ६ बजे सम्म चलेको थियो ।

क्लबमा ९४ जना साधारण, ५१ जना आजिवन र ११ जना कार्यसमिति गरी १ सय ६६ जना आबद्ध रहेका छन् ।

विगत ६ वर्षयताबाट वडा दशैको अवसर पारेर निरन्तर साँस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको क्लबले जनाएको छ ।