गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका १४ मा असक्त एक महिलालाई बलात्कार गर्ने युवक बुधबार पक्राउ परेका छन् । त्रियुगा नगरपालिका १४ साउनेका २० बर्षिय किशोर नेपालीलाई अशक्त महिलालाई बलात्कार गरेको आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालीलाई सोही वडा बस्ने एक ४५ बर्षीय असक्त बोल्न नसक्ने महिलालाई नजिकैको जंगलमा लगि बलात्कार गरेको पीडित परिवारको जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिएका छन् । पीडित परिवारले बुधबार नै जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको एसपी राईले जानकारी दिए । घट्नाबारे अनुसन्धान भईरहेको उनले बताए । असक्त महिलालाई बलात्कार गर्ने युवक पक्राउ
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका १४ मा असक्त एक महिलालाई बलात्कार गर्ने युवक बुधबार पक्राउ परेका छन् । त्रियुगा नगरपालिका १४ साउनेका २० बर्षिय किशोर नेपालीलाई अशक्त महिलालाई बलात्कार गरेको आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालीलाई सोही वडा बस्ने एक ४५ बर्षीय असक्त बोल्न नसक्ने महिलालाई नजिकैको जंगलमा लगि बलात्कार गरेको पीडित परिवारको जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिएका छन् । पीडित परिवारले बुधबार नै जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको एसपी राईले जानकारी दिए । घट्नाबारे अनुसन्धान भईरहेको उनले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































