सर्वोच्चका न्यायाधीशकी श्रीमती पक्राउ
- कार्तिक १४, २०७५
- ब्लाष्ट खबर
उदयपुर / सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत पत्रधmाउ परेकीछन । उनलाई उदयपुर प्रहरीले पक्राउ गरेको बताइएको छ । आफ्नै श्रीमानको हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका आफन्तहरु पक्राउ परेका प्रहरीले जनाएको छ । बुहारी ललिताले छोरा प्रकाशमानसिंह राउतलाई थाहा नदिइ हस्ताक्षर र औंठाछापसमेत किर्ते गरेर अरुकै बच्चालाई आफ्नो भनेर जन्मदर्ता गराएको भन्दै न्यायाधीश राउतका पिताले उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । न्यायाधीश राउतको हस्ताक्षर किर्ते गरेर अर्कैको बच्चालाई उनको बनाउने कार्यमा संलग्न भएको आरोपमा श्रीमती ललितासहित उनका दाजु बाबुराम चौहान र भाउजुलाई उदयपुर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए । घट्नाबारे थप अनुसन्धान भइृरहेको उनले बताए ।