श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ कार्तिक १५ गते बिहीबार, १ नोभेम्बर २०१८ । कार्तिक कृष्णपक्षको अष्टमी तिथि ९ः३६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र आश्लेषा २६ः१९ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः१५ र सूर्यास्त ६ः१५ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय सामान्य खालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । वैदेशिक यात्राको सुवर्ण अवसर प्राप्त होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमाइलो वातावरणमा दिन बित्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । नँया रमणीय स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला । मन प्रसन्न रहला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय उत्तमखालको छ । कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय मध्यम्खालको छ । आफ्नोभन्दा अरुको काममा बढी समयय दिनुपर्ला । अशुभ समाचार सुन्नमा आउला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) जग्गा–जमिन तथा भवनसम्बन्धी काममा विशेष लाभ मिल्ला । मातृपक्षको सहयोग र सद्भाव प्राप्त भइरहला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । महिला मित्रको सहयोग प्राप्त भइरहला । शरीरमा स्फूर्ति बढ्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आयआर्जनका नँया स्रोतहरू फेला पर्नेछन् । कार्य व्यवसायमा सोचेभन्दा राम्रो आम्दानी हुनेछ । मन प्रसन्न रहला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वास पात्रबाट धोका होला । शरीर आलश्य रहला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीहरूसित रमाइलो भेटघाट हुनेछ ।