[caption id="attachment_12639" align="aligncenter" width="960"]
फायलफाेटाे[/caption]
सिरहा/ सिरहा प्रहारीले विभिन्न स्थानबाट बरामद गरेको ९० लिटर घरेलु मदिरा तथा मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम् डीएसपी माधवराज खरेलको कमाण्डमा रहेको ११ जनाको टोलीले स्थानीयका घर–कछेरामा रहेको घरेलु मदिरा तथा मदिरा उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ १०० लिटर स्थानीय र सञ्चारकर्मीको रोहवरमा नष्ट गरेको बताइएको छ ।
मदिरा उत्पादन गर्न प्रयोग गरिएका १३ वटा भाँडाकुँडा नियन्त्रणमा लिइएको छ । घरेलु मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसालगायतको घटनामा वृद्धि भइरहेको समयमा स्टिङ अपरेशन शुरु गरिएकोे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलले बताए ।
लाखौं मूल्य बराबरको पटका नष्ट
प्रहरी टोलीले मङ्गबार राति सिरहाको माडरबाट १ लाख ४५ हजार बराबरको विष्फोटक पदार्थ (पटका) र सुर्ती बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको डीएसपी खरेलले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय माडरको टोलीले १ लाख ४५ हजार बराबरको पटाका बरामद गरेको उनले बताए । बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पु¥याएर नष्ट गरिने प्रहरीले जनाएको छ ।
दशैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाकालगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ ।