श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ कार्तिक  १६ गते शुक्रबार, २ नोभेम्बर २०१८ । कार्तिक कृष्णपक्षको नवमी तिथि ७ः१३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मघा २४ः४३ बजेसम्म, उप्रान्त पूर्णफाल्गुणी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः१५ र सूर्यास्त ६ः१७ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । रमणीय स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला । बिछोडिएका साथीसित भेटघाट हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वस्त्र तथा आभूषण प्रँप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कारमा दिन बित्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मुद्दा–मामिलामा तपाईको विजय होला । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । भ्रमण गर्ने अवसर प्रँप्त होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्ला । अरुको काममा बढी समय दिनुपर्ला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । आफन्तको सहयोग प्रँप्त भइरहला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अध्ययन–अध्यापनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । साथीभाइको साथ र सहयोग प्रँप्त भइरहला । रमणीय स्थानको भ्रमण हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा विशेष लाभ मिल्ला । महिला दिदीबहिनीको सहयोग प्राप्त भइरहला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा सफलता मिल्ला । नया“ कामको शुभारम्भ हुनेछ । मन प्रसन्न रहला ।