जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका कैदीको मृत्यु
ब्लाष्टखबर । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका १ जना कैदीको मंगलबार मृत्यु भएको छ । लागूऔषध मुद्धामा कैद सजाय भुक्तान गरिरहेका झापा विर्तामोड नगरपालिका-७ बस्ने बर्ष ६४ को केशव प्रसाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करिब बिहान ९ बजेको समयमा किट्नीमा समस्या देखिए पछि उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा बिहान ११ बजे मृत्यु भएको थियो । मृतकको शव कानूनी प्रकृया पुरा गरी सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
ब्लाष्टखबर युट्युब
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































