ताप्लेजुङ/ तीन वर्ष अघि १२ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।
२०७२ साल साउन २६ गते फुङलिङ नगरपालिका–१० फुरुम्बूकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका २२ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका ती युवालाई जिल्लाकै फक्ताङलुङ गाउँपालिका–६ लेलेप (घुन्सा) मा लुकुछीपी बसेको अवस्थामा गत २१ गते प्रहरीले पक्राउ गरेको थियो ।
शेर्पालाई जिल्ला अदालतमा पेश गर्दा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जबरजस्ती करणी गर्ने तीन वर्षपछि पक्राउ
ताप्लेजुङ/ तीन वर्ष अघि १२ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।
२०७२ साल साउन २६ गते फुङलिङ नगरपालिका–१० फुरुम्बूकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका २२ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका ती युवालाई जिल्लाकै फक्ताङलुङ गाउँपालिका–६ लेलेप (घुन्सा) मा लुकुछीपी बसेको अवस्थामा गत २१ गते प्रहरीले पक्राउ गरेको थियो ।
शेर्पालाई जिल्ला अदालतमा पेश गर्दा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।