ताप्लेजुङ / खैरो हेरोइनसहित ७ जना पक्राउ परेको १ दिन नबित्दै ताप्लेजुङ प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । फुङलिङ बजारमा लुकिछिपी कारोबार गरिरहेको अवस्थामा विहिबार २३० मि.ग्रा. खैरो हेरोइनसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख लक्ष्मणबहादुर थापामगरले बताए । प्रहरीले मंसिर ५ गते पनि खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको थियो ।
खैरो हेरोइनसहित २ जना पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































