तेह्रथुम /  फेदाप गाउँपालिका र आठराई गाउँपालिकाको संगमस्थल संगपुमा मंगलबार दिउसो सवारी दुर्घटना हुदा तीनजना घाइते भएका छन् । सक्रान्ती बजारबाट म्याङलुङ तर्फ आउदै गरेको को १ ज २४९२ नम्बरको बोलेरो आठराई–म्याङलुङ सडक खण्डमा पर्ने सगपुमा दुर्घटना हुदा फेदाप–४ सम्दुका २५ बर्षिय एकराज लिम्बू, सोही ठाँउका ३९ बर्षिय सनकुमार लिम्बु र बर्ष २८ का प्रसान राई घाइते भएका हुन ।

घाइते मध्ये प्रसान राईको अबस्था गम्भीर रहेकोे र थप उपचारका धरान पठाइएको सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम श्रेष्ठले बताए । अन्यको स्वास्थ्य चौकी सम्दुमा उपचार भईरहेको छ । उकालोमा बे्रक फेल हुदा बोलेरो सडकबाट करिब ७० मिटर तल झरेको प्रहरीको भनाई छ ।